नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाले सरकारी अस्पतालको सेवा विस्तार, कलेज स्थापना र सुकुम्बासी समस्या समाधानका लागि ठोस पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
मोरङमा क्षेत्रिय सभालाई सम्बोधन गर्दै नेता कोईरालाले स्थानीय सरकारी अस्पतालमा अझै सुधार गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।
विशेषगरी ल्याब र रगत परीक्षण सेवामा समस्या रहेको भन्दै कोईरालाले सामान्य परीक्षणका लागि पनि बिरामीले बाहिर जानुपर्ने अवस्था अन्त्य गर्नकालागि आधुनिक ल्याब र रगत जाँचको पूर्ण व्यवस्था मिलाउने काम अब प्राथमिकतामा पर्ने बताए ।
नेता कोइरालाले स्थानीय विद्यार्थीहरू उच्च शिक्षाका लागि विराटनगर जान बाध्य रहेको उल्लेख गर्दै आर्थिक अवस्था कमजोर भएका परिवारका लागि यो ठूलो समस्या भएकोले अब हाम्रा छोराछोरीले पढ्नका लागि घर छोड्नुपर्ने अवस्था अन्त्य गर्ने प्रतिवद्धता समेत जनाए ।
सुकुम्बासी समस्या देशव्यापी भए पनि स्थानीयस्तरमा निष्पक्ष समाधानका लागि आफू अग्रसर हुने भन्दै नेता कोईरालाले पारदर्शी रूपमा लालपुर्जा वितरण प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे ।


न्यूज समय
१३ फाल्गुन, २०८२, बुधबार ००:००