पर्वतारोहण क्षेत्रमा भएको फेक रेस्क्यूमा संलग्न थप दुई जना पक्राउ

न्यूज समय

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोल पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार ठमेलस्थित रोयल होलिडेज एडभेञ्चर एण्ड ट्राभल कम्पनीका प्रतिनिधि २८ वर्षीय सन्दीप तिवारी र विमान सेवा सञ्चालक सङ्घका पूर्वउपाध्यक्ष ५६ वर्षीय राजेन्द्रबहादुर सिंहलाई पक्राउ परेका हुन् ।

ब्युरोका प्रवक्ता शिवकुमार श्रेष्ठ अनुसार अहिले सम्म उक्त कसूरमा संलग्न ट्रेकिङ कम्पनी, रेस्क्यू कम्पनी, अस्पताल, विदेशी बिमाका नेपाल स्थित कर्मचारी तथा हेलिकोप्टर कम्पनीका शेयरधनी सञ्चालकसहित नौ जनालाई पक्राउ गरिसकिएको छ ।

व्युरोको अनुन्धानबाट पक्राउ परेका अभियुक्तहरुले उच्च हिमाली क्षेत्रमा पदयात्राका क्रममा स्वास्थ्य समस्यामा परेका विदेशी पर्यटकको उद्धार गरेको देखाइ बिमा रकम दाबी गरी गैरकानुनी रुपमा आर्थिक लाभ लिएको खुलेको बताईएको छ ।