कांग्रेस सभापति थापाले सार्वजनिक गरे सर्लाही ४ का लागि आफ्नो प्रतिज्ञा

न्यूज समय

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही क्षेत्र नं ४ का लागि आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् ।

अवको प्रधानमन्त्रीका रुपमा सर्लाही ४ बाट उम्मेदवार बन्दै त्यहाँ पुगेको सभापति थापाले पार्टीको सिंगो प्रतिज्ञा पत्र सार्वजनिक गरेको पाँच दिनपछि आज सर्लाही क्षेत्र नं ४ का लागि आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् ।

प्रतिज्ञा पत्रमा स्थानीय पूर्वाधार सुधारदेखि शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, महिला सशक्तिकरण र बाढी नियन्त्रणसम्मका कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।

थापाले मधेसका मुद्दालाई राष्ट्रिय प्राथमिकतामा राख्ने पनि प्रतिबद्धता सहित मतदातालाई सम्बोधन गर्दै मधेसको माटो लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण आधारभूमि रहेको उल्लेख गरेका छन् ।

आफू सर्लाही आउनुअघि हुलाकी राजमार्ग संवाद कार्यक्रमका क्रममा यहाँका गाउँबस्तीमा पुगेको भन्दै सो क्रममा अलपत्र पुल, डुबानको समस्या, कमजोर सडक तथा आधारभूत सेवाको अभावजस्ता समस्याहरू नजिकबाट देखेको समेत उल्लेख गरेका छन् ।
विभिन्न समुदायका नागरिकसँग छलफलपछि स्थानीय समस्या समाधानका लागि योजना तयार गरिएको उनले बताएका छन् ।

स्थानीय नागरिकबाट पुल निर्माण, बाँध मर्मत, डुबान नियन्त्रण, सडक, नहर, ढल निकास, खानेपानी, सिँचाइ, कृषि भण्डारण लगायतका समस्या बारम्बार उठेको उल्लेख गर्दै उनले संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर समाधान खोज्ने प्रतिबद्धता पनि सभापति थापाले व्यक्त गरेका छन् ।
प्रतिज्ञा पत्रको पूर्ण पाठ