फाल्गुन शुक्ल अष्टमीका अवसरमा काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारअघि फागुको चिर ठड्याइए संगै विधिवत रुपमा फागु पर्व होली सुरु भएकोे छ ।
निवृत्तभरण व्यवस्थापन कार्यालय, त्रिपुरेश्वरले मागेअनुसार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइत बमोजिम आज बिहान ७ः१३ बजे पूर्वफर्केर चिरोत्थान गरिएको हो ।
हरेक वर्ष फाल्गुन शुक्ल अष्टमीका दिन बिहान वसन्तपुरमा चिर ठड्याएपछि उपत्यकामा सुरु हुने फागु पर्व पूर्णिमासम्म हर्षोल्लासका साथ मनाइन्छ ।
फाल्गुन शुक्ल पूर्णिमाका दिन फागुन १८ गते सोमबार राति ५ः३१ मा चिर ढाल्ने साइत समेत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको छ । सोही दिन राति ५ः५१ बजे चिर घिसारेर टुँडिखेल लगी जलाएपछि फागु पर्व बिसर्ज गर्ने परम्परा छ ।
यस वर्ष पहाडी जिल्लामा फागुन १८ गते सोमबार र तराइका जिल्लामा फागुन १९ गते मङ्गलबार फागु पर्व मनाइँदै छ ।



न्यूज समय
१२ फाल्गुन, २०८२, मंगलबार ००:००