अर्थमन्त्री रामेश्वर खनालले अर्थतन्त्र सही ढंगले चल्न सही सूचना प्रवाह गर्न अत्यावश्यक रहेको बताएका छन् ।
नेपाल पत्रकार महासंघ र राष्ट्रिय सूचना आयोगले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘मिडियामा सूचनाको हकको प्रयोग ः अभ्यास र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री खनालले त्यस्तो बताएका हुन् ।
एउटै सूचना कसैले दुई दिनमा र कसैले १५ दिनमा पाउँदा धेरै फरक पार्ने भन्दी मन्त्री खनालले समाजलाई शान्त, सभ्य र सौम्य राख्नको निमित्त सही सूचना सही समयमा सही कारणले दिनुपर्ने बताएका हुन् ।
मन्त्री खनालले अर्थ मन्त्रालयबाट सूचना माग गरेर स्वार्थ समूहले प्रयोग गर्ने गरेको पाईएको भन्दै पत्रकारबाट भन्दा अन्य व्यक्तिबाट सूचना माग भइआउने र त्यो अन्तै प्रयोग हुने भएकाले त्यस्ता तत्वबाट सचेत हुनुपर्ने बताए ।
सूचनाको माग सरकारी क्षेत्रभित्र मात्र नभई व्यावसायीक घटनाभित्र पनि लागु हुने भएकाले सूचनाको हक नागकिर समक्ष पु¥याउन ‘एक्सप्लोर’ (प्रचार–प्रसार) गर्न आवश्यक रहेको मन्त्री खनालको तर्क थियो ।


न्यूज समय
१ फाल्गुन, २०८२, शुक्रबार ००:००