बंगलादेशमा आम निर्वाचन हुँदै, विदेशमा रहेका नागरिकले पनि मतदान गर्दै

न्यूज समय

बंगलादेशमा आज आम निर्वाचन हुँदैछ । शेख हसिनाको बहिर्गमनपछि नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले बंगलादेशमा आज आम निर्वाचन गराउनलागेको हो ।

२०२४ को विद्यार्थी आन्दोलन र राजनीतिक उथलपुथलपछि पहिलो पटक हुन लागेको यो चुनावमा देशभरका १२ करोडभन्दा बढी मतदाताले नयाँ सरकार छान्न मतदान गर्दै छन् ।

झण्डै १५ बर्षे कार्यकाल पछि अपदस्त हसिनाको शासन पछिको यो चुनावलाई बंगलादेशमा लोकतन्त्र पुनस्र्थापनाको प्रयास भनिएको छ ।

त्यहाँ जनता यति बेला एक भोट सरकारकालागि र एक बंगलादेशको संविधानकालागि भनेर निर्वाचनमा होमिएका छन् ।
दुई वटा मात्र मत पत्र लिएर बंगाली जनातहरुको बीचमा हुनलागेको यो मतदानलाई एैतिहासिक नौलो अभियानका रुपमा हेरिएको छ ।

शेख हसिनाको अवामी पार्टी चुनाव बाहिर रहेपछि अहिले बंगलादेश नेश्नल पार्टी (बीएनपी) र जमात– ए–इस्लामी पार्टी बीच प्रतिशप्रर्धा भईरहेको छ ।

यस पटक भईरहेको निर्वाचनमा विदेशमा रहेका बंगाली जनताले पनि मतदान गर्न पाउने व्यवस्था मिलाईएकाले पनि यो निर्वानलाई ऐतिहासिक निर्वाचनका रुपमा हेरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।