निर्वाचन आयोगले दलहरुलाई तोकिएको समय सीमा भित्र निर्वाचनको घोषणापत्र सार्वजनिक गरी पेस गर्न निर्देशन दिएको छ ।
आयोगको आज बसेको बैठकले यही आउँदो फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्यको निर्वाचनमा सहभागि हुने दलहरुले फागुन ३ गते समय सिमा भित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्न आग्रह गरेको हो ।
निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम राजनीतिक दलहरूले आफ्नो निर्वाचन घोषणापत्र आयोगमा र उम्मेदवारहरूले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्न आग्रह गरिएको आयोगले जनाएको छ ।
निर्वाचनको दिन नजिकिरहेका समयमा आयोगलले मतदाता शिक्षालाई पनि तिव्रता दिएको छ । मतदातालाई दुविधा तथा मतदान गर्दा अन्जानबस बदर हुन सक्ने मतलाई रोक्न आयोगले मतदाता शिक्षालाई हरेक नागरिकको घरदैलो सम्म पुर्याउने अभियान सञ्चालन गर्न लागेको हो ।


न्यूज समय
२७ माघ, २०८२, मंगलबार ००:००