नेपाली फिल्मी क्षेत्रका वरिष्ठ अभिनेता सुनिल थापाको आज पशुपति आर्यघाटमा अन्त्यष्ठि गरिदै छ । शनिवार बिहान निधन भएका थापाको पशुपति आर्यघाटमा अन्त्यष्ठि गरिने तयारी गरिएको हो ।
थापाको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डको प्राङगणमा राखिएको थियो । अन्तिम श्रद्धाञ्जलीको लागि १ बजे देखि बोर्डको प्राङगणमा राखिएको शवमा श्रद्धाञ्जली दिन बरिष्ठ कलाकार हरीबंस आचार्य, तुलसी घिमिरे, गौरी मल्ल, सरोज खनाल, रमेश उप्रेती लगाएत दर्जनै कलाकार तथा शुभचिन्तकको घुँईचो नै लागेको देखिएको थियो ।
बिशेष गरी नेपाली चलचित्रमा खलपात्रको मुख्य भुमिकामा निकै योगदान पुर्याएका थापा पछिल्लो समय बलिउड तर्फका चलचित्रमा समेत अभिनय गरेका छन् ।
बिशेष गरी राते काँईलाको नामले चिनो चलचित्रमा गरेको अभिनयले निकै ख्याति कमाएका थापाले सैयौं नेपाली चलचित्रमा उत्कृष्ठ अभिनयको योगदान दिएका छन् ।
थापाको निधन प्रति बलिउड क्षेत्रका कलाकारहरुले समेत दुःख व्यक्त गर्दे श्रद्धाञ्जली दिएका भिडियो तथा समाचारहरु आईरहेका छन् ।
६८ बर्षको उमेरमा शनिवार संखमुल स्थीत आफ्नै अर्पाटमेन्टमा सुतेकै अवस्थामा थापाको निधन भएको बुझिएको छ ।
शवको पोष्टमार्टममा मुटुको नसा ब्लकेज भएका कारण उनको मृत्यु भएको अस्पताल स्रोतले बतायो ।
भारतमा रहेको परिवार नेपाल आउन ढिला भएका कारण थापाको आईतबार (आज) अन्त्यष्ठि गरिने भएको हो ।
थापाको श्रीमती एक छोरा र छोरी छन् ।


न्यूज समय
२५ माघ, २०८२, आईतबार ००:००