शुक्रबार देखि माघ १३ गते सम्म नेपालमा पानी पर्दै

न्यूज समय

नेपालमा (भोली) शुक्रबारबाट झरी पर्न सक्ने अनुमान गरिएको छ । जल तथा मौषम बिज्ञान विभागका अनुसार माघ ९ गते देखि पश्चिम नेपालबाट पानी पर्ने वायु भित्रने भएकाले पानी पर्ने सम्भावना रहेको हो ।

मौषम विद विनोद पोखरेलका अनुसार हिउँदको अहिले सम्म पानी नपरेकाले यो क्रम माघ १३ गते सम्म रहन सक्ने बताए ।

पश्चिमबाट सुरुहुने यो प्रणाली काठमाडौंसम्म आइपुग्ने तथा काठमाडौंमा भने छिटपुट मात्रै वर्षा हुने सम्भावना देखिएको पनि विभागको भनाई छ ।

शुक्रबार भोलि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको बताएकोे छ ।

साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मध्यम हिमपातको समेत सम्भावना रहेको पनि विभागको आँकलन छ ।

हिउँदे यामको अहिले सम्म पानी नपरे पनि केही दिन अघिसम्म तराई मधेशका विभिन्न स्थानमा सितलहर सहितको निकै जाडो महसुस गरिएको थियो । तराईका विभिन्न स्थानमा अझै अवेर सम्म बाक्लो हुस्सु लागि रहेको छ ।

केही दिन यता चिसो कम महसुस गरिएको भए पनि भोलि पानी परे देखि चिसो बढ्न सक्ने पनि बिभागले जनाएको छ ।