नेपाली बजारमा पहेंलो धातु सुनको मूल्यमा भारी वृद्धि सहित नयाँ रेकर्ड कायम भएको छ । मङ्गलबारको तुलनामा बुधबार (आज) मात्रै सुन तोलामा १० हजार ४०० ले वृद्धि भएको नेपाल सुन चाँदी व्यावसायी महासंघले जनाएको छ ।
महासंघ अनुसार आज एक तोला छापावाल सुनको मूल्य नयाँ रेकर्ड कायम सहित दुई लाख ९५ हजार १०० मा किन बेच भइरहेको छ ।
त्यस्तै चाँदीको मुल्य तोलाको पाँच हजार ९२० मा कारोबार भइरहेको छ ।
मङ्गलबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ८४ हजार ७०० मा कारोबार हुँदा चाँदीको तोलामा रु पाँच हजार ८८० कायम भएको थियो ।
अन्तिराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार विश्व अर्थतन्त्रमा अनिश्चितता बढ्नु, मुद्रास्फीति र भूराजनीतिक तनावका कारण सुरक्षित लगानीका रूपमा माग बढेकाले सुन र चाँदीको मूल्य अन्तराष्ट्रि बजारमा बढ्दै गएको हुनसक्ने बताईएको छ ।


न्यूज समय
७ माघ, २०८२, बुधबार ००:००