व्ल्याक हर्स इण्डष्ट्रिज प्रा.लि.ले व्ल्याक हर्स जुत्ता किन्दा २० प्रतिशत सम्म छुट दिने भएको छ ।
व्ल्याक हर्स इण्डष्ट्रिज प्रा.लि.र नेपाल बैंक लिमिटेड बीच भएको सम्झौता अनुसार नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकले व्ल्यक हर्स हुत्ता किन्दा १० देखि २० प्रतिशत सम्म छुट पाउने भएका हुन् ।
गत पौष ३० गते भएको सम्झौतामा बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र ब्ल्याक हर्स इण्डष्ट्रिज प्रा.लि.को तर्फबाट प्रबन्ध निर्देशक चिनबहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
बैंकका प्रमुख सूचना अधिकारी प्रतिभा डंगोलका अनुसार यो सुविधा नेपाल बैंकमा खाता रहेका देशैभरका ग्राहक तथा बैंकका कर्मचारीहरुले प्राप्त गर्न सक्ने छन् ।


न्यूज समय
४ माघ, २०८२, आईतबार ००:००