आधिकारिकताकालागि आयोग परिसरमा कांग्रेसका दुवै पक्षद्वारा धर्ना, सुरक्षा व्यवस्था कडा परियो

न्यूज समय

सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै निर्वाचन आयोग परिसरको सुरक्षा व्यवस्थामा कडा बनाईएको छ ।
फागुन २१ को निर्वाचनकालागि आयोगमा दलहरुको उपश्थिती बाक्लिन थाले पछि प्रहरी परिचालन गरी सुरक्षा व्यवस्थालाई कडा परिएको हो ।

नेपाली कांग्रेस विभाजन पछि आयोगमा आधिकारिकताका लागि गरिएका दाबीमा दुई पक्षीय नेता–कार्यकताहरुको बाक्लो उपश्थिती तथा संम्भावित हुल दंगालाई मध्यनजर गर्दै प्रहरी परिचालन गरिएको आयोगले जनाएको छ ।
शेरबहादुर देउवा नेतृत्वको कांग्रेस र गगन थापा नेतृत्वको कांग्रेसका नेताहरू शुक्रबार निर्वाचन आयोग पुगेर आधिकारिकताको दाबी सहित आयोग संग आ–आफ्नो ब्रिफिङ गरेका छन् ।

आधिकारिकता दाबी गर्न पुगेका दुवै पक्षका कार्यकर्ताहरूले निर्वाचन आयोग परिसरमा धर्ना दिएको समेत बताईएको छ ।
गगन थापा समुहले बहुमतको आधारमा बिधान संवद आफ्नो समुहले आदिकारीता पाउनु पर्ने माग सहित आयोगका पदाधीकारीहरुलाई ब्रिफिङ गरेको छ ।

केहीबेर अघि दुवै पक्षले आयोग बाहिर नारावाजी समेत गरेका छन् । दुवै पक्षका नेता तथा कार्यकर्ता निर्वाचन आयोग बहिर बाक्लो उपश्थिती भए पछि अहिले कान्तिपथ क्षेत्रको यातायात प्रभावित समेत भएको छ ।

त्यस्तै देउवा समुहले आफ्नो पक्षलाई आयोगले आदिकारिकता नदिए देशभर आन्दोलन गर्ने कार्यबाहक सभापति पूर्णबहादुर खड्काले चेतावनी दिएका छन् । नेता खड्काले बिशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका ८ सय बढी प्रतिनिधी हस्ताक्षर फिर्ता लिई फर्कि सकेको दाबी समेत गरे ।

तर गगन समुहबाट महामन्त्री बनेमा प्रदिप पौडेलले त्यो दाबी गलत भएको बताएका छन् ।