अन्तः नेपाली काँग्रेस विभाजन भएको छ । संस्थापन पक्षले पार्टी महामन्त्रीद्वय गगन कुमार थापा र बिश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मुला मन्सुर लगाएतका नेतालाई साधारण सदस्य समेत नरहने गरी ५ बर्ष सम्मकालागी कारवाही गर्ने निर्णय गरे संग पार्टी बिभाजन निश्चित भएको हो ।
यही पुस २७ र २८ गते थापा समुहले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधीको हस्ताक्षर सहित गरेको बिशेष महाधिवेशन आव्हान संगै काँग्रेस विभाजनको संघारमा थियो ।
बिशेष महाधिवेशन पक्षको बन्द सत्रले २९ गते पारित गरेको कार्यविधी एवं चुनावी तालिका संगै पार्टी नफुटाउन दुवै पक्ष पटक पटक बार्ता तथा सम्वादमा होमिएको थिए । यसरी भएका बार्ता विफल भए संगै अपराहन्न बसेको संस्थापन पक्षको केन्द्रीय कमिटिको बैठकले महामन्त्रीहरुलाई कारवाही लगाएतका निर्णय गरेपछी पार्टी औपचरिक रुपमा विभाजन भएको हो ।
पार्टी केन्द्रीय कार्यालयमा सहमहामन्त्री मिनबहादुर विश्वकर्माले पत्रकार सम्मेलन मार्फत महामन्त्रीद्वयलाई साधारण समदस्य समेत नरहने गरी पाँच वर्ष सम्मकालागि अनुसासनको कारवाही गरिएको जानकारी दिए । साथै विश्वकर्माले बिशेष महाधिवेशनमा उपस्थित अन्य प्रतिनिधीहरुलाई यो बिषम परिस्थीति सम्झेर पार्टीको जिम्मेवारीमा फर्कन पनि आव्हान गरेका छन् ।
यता संस्थापन संग बार्ता संग संगै चुनावको तयारीमा रहेको बिशेष महाधिवेशन पक्षले चुनावी तालिका प्रकाशित गरिसकेको छ । बुधबार बेलुका ८ बजे देखि मतदान हुने गरी तालिका सार्वजनिक गरेको छ । त्यसका लागि बिशेष महाधिवेशन समुहले सम्पूर्ण हस्ताक्षर गरेका प्रतिनिधीहरुलाई मतदान स्थलमा उपश्थितहुन पनि अव्हान गरिसकेको छ ।
भृकुटी मण्डपमा उपस्थित प्रतिनिधीलाई सम्वोधन गर्दै महामन्त्री गगनकुमार थापाले बिशेष माहधिवेशनको प्रकृया अगाडी बढाउने बताएका छन् ।
निर्वाच आयोग तथा नेपालको ऐन नियम कानुन प्रति विश्वास रहेको भन्दै बहुमतबाट आएको नेपाली काँग्रेसलाई निर्वाचन आयोगले बैधानिकता दिने पनि थापाले बताए ।
काँग्रेस कसैको निजी सम्पति नभएको र बिपी र गणेशमानका सन्तान यहाँ उपश्थित नभए पनी आफुहरु खास विपी र गणेशमानको सन्तति भएको तर्क गरे ।



न्यूज समय
३० पुस, २०८२, बुधबार ००:००