नेपाली काँग्रेसका महामन्त्रीद्वयको आव्हानको बिशेष महाधिवेशन जारी, नेताहरुले सम्बोधन गर्दै

न्यूज समय

नेपाली काँग्रेसका महामन्त्रीद्वय बिश्व प्रकाश शर्मा र गगन कुमार थापा नेतृत्वको आयोजनामा बिशेष महाधिवेशन काठमाडौंको भृकुटी मण्डपमा जारी छ ।

महामन्त्रीद्वय थापा र शर्माले संयुक्त रुपमा दीप प्रज्वलन सहित विरुवामा पानी हालेर उद्घाटन गरिएको बिशेष महाधिवेशको अध्यक्षता नेपाली काँग्रेस काठमाडौंका सभापति सबुज वानियाले गरेका छन् ।

झण्डै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधी सहितको हस्तक्षरलाई संस्थापन पक्षले व्यवास्ता गरेर पेलेर जाने स्थीति देखे पछि आज बिशेष महाधिवेशनको आयोजना गरिएको नेताहरुले बताएका छन् ।

आज विहान देखि विभिन्न जिल्लाबाट आएका प्रतिनिधीहरुले महाधिवेशनामा उपस्थिती जनाउने क्रम जारी रहेको बताईएको छ ।
४७४३ महाधिवेशन प्रतिनिधी मध्य अहिले सम्म झण्डै ४९ प्रतिशत प्रतिनिधीले रजिष्ट्रेशन गरिसकेको दावि गरिएको छ ।
उद्घाटन सत्रलाई नेताहरुले सम्वोधन गर्ने क्रम जारी रहेको तथा विभिन्न नाच तथा झाँकीहरु प्रर्दशन गरिएका छन् ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठ, चन्द्र भण्डारी, सुनिल शर्मा, तारानाथ रानाभाट, बिनोद चौधरी,फर्मुला मन्सुर, महेश आचार्य, गुरुराज घिमिरे, अर्जुन नरसिंह के.सी. लागाएतका नेताहरुको सहभागिता रहेको छ ।
यो महाधिवेशन संगै काँग्रेस फुट्ने अन्तिम चरणमा रहेको बाहिर हल्ला चलिरहेको बेला महामन्त्रीद्वय थापा र शर्माले हल्ला चलेजस्तो नहुने र पार्टी नफुट्ने प्रतिवद्धता जनाएका छन् ।

तर आक्रोशित र आक्रमक शैली देखाएका महाधिवेशन प्रतिनिधीले देखाएको यो चासोले संस्थापन पक्षलाई हटाएर नयाँ कार्यसमिति चयर गर्ने परिस्थीति आउन सक्ने आँकलन गरिएको छ ।