नेपाली काँग्रेसको तर्फबाट राष्ट्रिय सभा सदस्यका उम्मेदवार सुनिल बहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन आयोगले बिहान १० बजे देखि बेलुका ३ बजे सम्म दर्ताको समयावधीमा कोशी प्रदेशबाट अन्य क्लष्टरमा थापा बाहेक कसैको उम्मेदवारी नपरेपछि उनी राष्ट्रिय सभा सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।
निर्विरोध निर्वाचित भएको घोषणा भने निर्वाचन आयोगले पछि मात्र गर्ने बताईएको छ ।
तीन दलको तालमेलमा ९ वटा सिट पाएको काँग्रेसका अव ८ उम्मेदवारले निर्वाचनमा प्रतिसप्रर्धा गर्नेछन् ।
नेपाली काँग्रेस, नेकपा एमाले र जसपा नेपाल राष्ट्रिय सभा निर्वाचनमा तालमेल गरेका छन् ।


न्यूज समय
२३ पुस, २०८२, बुधबार ००:००