आउँदो माघ ११मा हुने राष्ट्रियसभाको निर्वाचनका लागि प्रमुख दुई ठुला दल र जसपा नेपाल सहित तीन दलको तालमेल हुने भएको छ ।
नेपाली काँग्रेस, नेकपा एमाले तथा जनता समाजबादी नेपाल पार्टी बीच तालमेल गरेर जाने सहमती सहित सिट बाँड फाँड गरिएको छ ।
स्रोतका अनुसार १८ सिटमा हुन लागेको निर्वाचनमा नेपाली काँग्रेसले ९, नेकपा एमालेले ८ र जसपा नेपालबाट महन्त ठाकुरा सहितको उम्मेदवारको टुंगो लगाईएको हो ।
लातमेलमा परेका उम्मेदवारहरुमा कांग्रेसले ९ सीटमा कोशीबाट सुनिल थापा, मधेसबाट धमेन्द्र पासवान र रञ्जीत कर्ण, बागमतीबाट गीता देवकोटा, गण्डकीबाट जगत तिमल्सिना, लुम्बिनीबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णालीबाट ललितबहादुर शाही र सुदूरपश्चिमबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै नेकपा एमालेले ८ सीटका लागि कोशी प्रदेशमा रोशनी मेचे, बागमतीमा डा. प्रेमकुमार दङ्गाल, गण्डकीमा सम्झना देवकोटा, लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाइएको छ ।
एक सिट पाएको जसपा नेपालबाट महन्थ ठाकुरलाई उम्मेदवार बनाएको छ ।
तालमेलको लागि छलफलमा सहभागी अर्को पार्टी नेकपा भने तालमेलबाट बाहिरिएको स्रोतले बतायो । आफुहरुलाई सिट संख्या कम दिने भए पछि बाहिरिएको नेकपाको भनाई छ ।
नेकपाले पनि आफ्नो तर्फबाट हुने उम्मेदवारहरुको पनि टुंगो लगाई सकेको छ ।


न्यूज समय
२३ पुस, २०८२, बुधबार ००:००