केपी ओली नेतृत्वको नेकपा एमालेले नेता ईश्वर पोख्रेललाई अर्को एक झट्का दिएको छ । महाधिबेशन अगाडी पार्टीमा बरिष्ठ उपाध्यक्ष रहेका पोख्रेललाई बिधान संशोधन गर्दै बरिष्ठ पद नै हटाएर पेन्डुलम बनाएको एमालेले पुन नीति अध्ययन प्रतिष्ठानको प्रमुखबाट पनि हटाएको छ ।
मंगलबार बसेको पार्टी सचिवालय बैठकले पोख्रेललाई हटाएर प्रतिष्ठानको अध्यक्षमा ओलीका विश्वासिला पात्र बिष्णु रिमाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
एघारौं महाधिवेशनमा ओलीको प्यानलबाट उपमहासचिवमा हार व्यहोरेका रिमाललाई आफ्ना बिश्वासिला पात्र भएकै कारण ओलीले नीति अध्ययन प्रतिष्ठानको अध्यक्ष बनाएका हुन् ।
पार्टीको एघारौं महाधिबेशनमा सर्वसम्मत हुन खोजेका ओलीले आफु संग प्रतिशप्रर्धा गरेको झोकमा पोख्रेललाई अझै पार्टी भित्र पूर्ण रुपमा वेकामे बनाउने दाउँमा छन् ।
पूर्व राष्ट्रपति बिद्या देवी भण्डारीलाई पार्टीको सदस्यता दिने लविङ तथा भण्डारीको समर्थनमा लागेको भन्दै ओली पोख्रेल संग चिढिदै आएको आंकलन गरिएको छ ।
प्रतिनिधीसभाको चुनाव नजिकिरहेको बेला यसरी पोख्रेललाई हटाई अर्का नेतालाई नियुक्त गर्दा बाहिर नराम्रो म्यासेज जाने केही नेताले टिप्पनी गरेका छन् ।
पार्टीको अध्यक्ष पदमा ओली संग हार व्यहोरेका पोख्रललाई जिम्मेवार विहिन बनाई अर्का आफ्ना विश्ववासिला पात्रलाई नियुक्त गर्नु पार्टी भित्र ओलीको तानाशाही प्रवृती हावि भएको टिप्पनी हुन थालेको छ ।


न्यूज समय
२२ पुस, २०८२, मंगलबार ००:००