मन्त्रीपरिषदको बैठकले नेपाल सरकार र इजरायल सरकार बीच हुने श्रम सम्झौता स्वीकृत गर्ने सहित ८ निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रीपरिषदको बैठकले रोजगारीकालागि इजराल जाने श्रमिकलाई मध्यजनर गर्दै दुई देश बीच हुनलागेको श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधी मन्त्री जगदिश खरेलले बताए ।
त्यस्तै, नेपाल सरकार र ओमान सरकार बीच हुने समझदारीपत्र स्वीकृत गर्ने पनि निर्णय गरेको छ । प्रत्रकारहरुलाई जानकारी दिदै मन्त्री खरेलले हिजो बसेको मन्त्री परिषद बैठकले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओम बहादुर खड्कालाई बढुवा गर्ने निर्णय भएको जानकारी दिए ।
त्यस्तै समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्य पदमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने, जेनजी सहिद परिवारको लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको छ ।
त्यस्तै पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२ स्वीकृत गर्ने वन तेस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने र नेपाल लेखा परीक्षण सेवा समूहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा घनश्याम पराजुलीलाई बढुवा गर्ने निर्णय मन्त्रीपरिषदले गरेको छ ।


न्यूज समय
२१ पुस, २०८२, सोमबार ००:००