वीरगञ्जमा दिउँसो १ बजे देखि निषेधाज्ञा जारी

न्यूज समय

पर्साको वीरगञ्जमा स्थानीय प्रशासनले निषेधाज्ञा आदेश जारी भएको छ । प्रशासनले आज दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

वीरगञ्ज महानगरपालिका क्षेत्र अन्तर्गत पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने स्थानीय प्रशासनले जनाएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार आदेशको उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने बताए ।

हिन्दु र मुस्ली समुदाय बीच हुन सक्ने सम्भावित हुलदंगालाई मध्यजनर गरेर प्रमुख जिल्ला अधिकारी दाहालले दुवै समुदायको प्रदर्शनलाई ख्यालमा राखेर निषेधाज्ञा जारी गरिएको बताए ।

अहिले प्रशासनले वार्ताबाट विवाद समाधान खोज्ने प्रयास भइरहेको पनि प्रमुख जिल्ला अधिकारी दाहालको भनाई थियो ।