राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विवेकशील साझा पार्टीका ७ जनालाई केन्द्रीय सदस्यम मनोनित गरेको छ ।
रास्वपाको केन्द्रीय कार्यालयमा आईतबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी एकता पछि विवेकशीलबाट आएका ७ जनालाई केन्द्रीय समितिमा मनोनित गरेको हो ।
मनोनित हुनेहरुमा रञ्जु दर्शना सहित समीक्षा बास्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान र धनेज थापा रहेका छन् ।
बैकल्पिक राजनीतिक अभ्यास गरिरहेको विवेकशिल सहित बालेन शाह तथा कुलमा घिसिंङको पार्टी पनि रास्पामा समाहित भएर आगामि निर्वाचनको तयारीमा लागेका छन् ।


न्यूज समय
२० पुस, २०८२, आईतबार ००:००