सामाजिक सद्भाव कायम राख्न जिल्ला प्रशासन कार्यालय पर्साले आव्हान गर्यो

न्यूज समय

जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा सामाजिक सद्भाव कायम राख्न आह्वान गरेको छ ।

वीरगञ्जमा भएको प्रदर्शनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले सामाजिक सद्भावमा खलल पु¥याउने कुनै पनि खालको गतिविधि नगर्न आह्वान गरेको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए ।

सामाजिक तथा धार्मिक वा सांस्कृतिक द्वेष भाव सृजना गरी राष्ट्रिय एकतामा आँच पु¥याउने वा झुठा अफवाह फैलाइ समुदायको सामाजिक मानमर्दन गर्ने कार्य नगर्न पनि सवैमा प्रमुख जिल्ला अधिकारी दाहालले आग्रह गरेका छन् ।

फेसबुक, टिकटक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जाल खाताको सूक्ष्म निगरानी भइरहेको समेत बताउँदै उनले यस्ता गतिविधिलाई गम्भीरतापूर्वक लिई सचेत र सजग हुन पनि अनुरोध गरेको दाहालको भनाई छ ।
सामाजिक सञ्जालमा आएको स्टाटसका कारण बिरगंज क्षेत्रमा प्रर्दशन भईरहेको छ ।