अंगे्रजी नयाँ वर्षको सुरुवात संगै नेपाल चीन जोडने उत्तरी नाका रसुवागढी बिहिबार देखि पुनः सञ्चालनमा आएको छ ।
असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले मितेरी पुल बगाएपछि पूर्ण रूपमा बन्द भएको उक्त नाका आज देखि सञ्चालनमा आएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जनाकारी दिए ।
चीन सरकारले ९१ मिटर लम्बाइको ५५ टन बराबर भारवहन क्षमताको बेलिब्रिज निर्माण गरेपश्चात् सवारीसाधन सञ्चालनमा आएको हो ।
नाका खुले लगतै समाना लोड भएका कन्टेनर तथा ट्रकहरु पुल वारी पारी गर्न थालेको स्थानीय बासीले बताएका छन् ।
उक्त नाकाहुँदै बाढीले पुल बगाएपछि रोकिएको नेपाल चीन व्यापारबाट चालु आर्थिक वर्षको हालसम्म रु २२ अर्बभन्दा बढी नोक्सान भइसकेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले बतए ।


न्यूज समय
१७ पुस, २०८२, बिहीबार ००:००