जेन–जी आन्दोलनका समयमा फरार भई साथीको हत्या गरेका एकलाई प्रहरीले रोल्पाबाट समात्यो

न्यूज समय

जेन–जी आन्दोलनको समयमा नखु जेलबाट भागेका अभियुक्तलाई प्रहरीले रोल्पाबाट पक्रउ गरेको छ ।
पक्रउ पर्नेमा आकाश मगर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । मगरले गत असोज १३ गते मकवानपुरका २५ वर्षीय सुरज तामाङलाई ठमेलमा खुकुरी हानेर फरार भएका थिए ।

खुकुरीको चोट लागेका सुरजको उपचारको क्रममा वीर अस्पतालमा भोलिपल्ट मृत्यु भएको प्रहरीले जनाएको छ ।
लागु औषध मुद्दामा २०८० असोज २७ देखि नख्खु कारागारमा रहेका मगर जेनजी आन्दोलनको हुलदंगाका क्रममा भदौ २४ गते कारागारबाट फरार भएका थिए ।