नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले संसद पुनस्र्थापनाको बाटो रोजेर पार्टी महाधिवेशन ढिलो गरे प्रत्युत्पादक हुने बताएका छन् ।
काठमाडौंमा मंगलबार पत्रकारहरु संग कुरा गर्दै नेता पौडेलले अधिवशन नगरी निर्वाचनमा जाँदा काँग्रेसले सर्मनाक हार व्यहोर्न सक्ने आँकलन गरेका हुन् ।
अन्य केही राजनीतिक दलले अधिवेशन गरिसकेको तर्फ इंकित गर्दै पौडेलले काँग्रेसले अधिवेशन नगरे लाज हुने समेत बताएका हुन् ।
महाधिवेशनमार्फत पार्टीलाई अध्यावधिक गर्न नसके देशलाई अगाडि बढाउन सक्छौं भन्ने कुरामा विश्वास नहुने भन्दै नेता पौडेलले लोभका कारण पद ओगटेर बसेको र परिवर्तन नचाहेको देखिने समेत टिप्पणी गरे ।
चुनावको मुखमा अधिवेशन गरेर निर्वाचनमा बढी सिट जितिन्छ भने रणनीति अपनाएर काँग्रेस जनतामाझ जाँदा थप फलदायी हुने आसय पनि व्यक्त गरे ।


न्यूज समय
८ पुस, २०८२, मंगलबार ००:००