माईतिघर मण्डलामा जेनजीको प्रदर्शन, प्रहरीले हस्तक्षेप गरी केहीलाई नियन्त्रणमा लियो

न्यूज समय

काठमाडौंको माईतिघर मण्डला वरपर प्रदर्शनमा रहेका जेनजी समुहमाथी प्रहरीले हस्तक्षेप गरेको छ ।
मिराज ढुङ्गाना नेतृत्वको समुहले आज आव्हान गरेको प्रदर्शनमा उत्रिएका हजारौं जेनजी प्रदर्शनकारी माथी प्रहरीले हस्तक्षेप गरेको हो ।
देशव्यापी रूपमा शान्तिपूर्ण आन्दोलनको घोषणा गरेको ढुंगाना समुहले स्थानीय प्रशासनले अनुमति नदिए पनि प्रर्दशन गरेको भन्दै हस्तक्षेप गरेको बताईएको छ ।
जेनजीको माग चुनाव हैन सुशासन भन्ने व्यानर तथा प्लेकार्ड बोकेका केही प्रर्दशनकारिहरु लाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।
बर्तमान सरकारले जेनजीको भावना अनुरुप काम नगरेको र चुनावमा मात्र सरकार केन्द्रीत भएकाले सरकार विरुद्ध समेत जेनजीले नारा लगाएका छन् ।
सर्वदलिए सरकार गठन पछि मात्रै चुनाव गराउनु पर्ने समेत उनिहरुले माग गरेका छन् ।