नेपाली काँग्रेसबाट प्रतिनिधित्व गरेका मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभामा विश्वासको मत लिँदैछन् ।
दिउँसो ४ बजेकालागि डाकिएको मधेश प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत माग्ने तयारी गरेका छन् ।
गएको मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका यादवले १५ दिन पछि आज प्रदेशसभा समक्ष विश्वासको मत लिन लागेको मुख्यमन्त्री कार्यालय स्रोतले बतायो ।
संविधान अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिन भित्र विश्वासको मत लिने प्रावधान अनुसार उनले आज विश्वासमो मत लिन लागेका हुन् ।
मधेश प्रदेशसभामा नेकपा एमाले बाहेकका दलले मुख्यमन्त्री यादवलाई समर्थन गरेका छन् ।


न्यूज समय
४ पुस, २०८२, शुक्रबार ००:००