नेकपा एमालेको अध्यक्षमा केपी ओली विजयी, दुई पदाधिकारी वाहेक ओलीको प्यानलनै आयो

न्यूज समय

नेकपा एमालेको ११ औं महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्ष पदमा विजयी भएका छन् । ओलीले अध्यक्षका अर्का प्रयासी ईश्वर पोखरेललाई ११ सय मतको अन्तरालले हराउँदै अध्यक्षमा विजयी भएका हुन् ।

विजयी ओलीले १६६३ मल ल्याउँदा पोख्रेलले ५६३ मत ल्याएका थिए । ओलीको एममले अध्यक्षमा यो तेस्रो कार्यकाल हो ।
त्यस्तै ५ जना उपाध्यक्षमा पृथ्वी सुब्बा गुरूङ, विष्णुप्रसाद पौडेल, रामबहादुर थापा (बादल), गोकर्ण विष्ट र रघुजी पन्त विजयी भएका छन् । विष्ट ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा विजयी भएका छन् ।

त्यस्तै महासचिवमा सुरेन्द्र पाण्डेलाई हाराउँदै शंकर पोख्रेल विजयी भएका छन् । पोख्रेलको महासचिवमा यो दोस्रो कार्यकाल हो ।
त्यस्तै ३ जना उप–महासचिव लेखराज भट्ट, योगेश भट्टराई र रघुवीर महासेठ विजयी भएका छन् । भट्टराई ईश्वर पोखरेलको प्यानलबाट उप–महासचिवमा विजयी भएका हुन् ।

त्यस्तै ९ जना सचिव महेश बस्नेत, पद्माकुमारी अर्याल, शेरधन राई, यामलाल कँडेल, राजन भट्टराई, छविलाल विश्वकर्मा, खगराज अधिकारी, हिक्मत कार्की र भानुभक्त ढकाल विजयी भएका छन् ।
कार्यसमितिका सदस्यहरुको मत गणना जारी छ ।