पहेंलो धातु सुनको मूल्य नेपाली बजारमा लगातार नयाँ रेर्कड कायम गर्दै अहिले सम्मकै उच्च बिन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार नेपाली बजारमा सुनको मूल्य दुई लाख ६० हजार सात सयमा कारोबार भइरहेको छ ।
आईतबार तोलामा दुई लाख ५८ हजार ८ सय पुगेको सुनको मूल्य सोमबार तोलामा १९ सयले बढेको हो ।
यस्तै चाँदीको मूल्य पनि सोमबार ४५ रुपियाँले बढेर प्रतितोला तीन हजार ८ सय ७० कायम भएको महासंघले जनाएको छ । आइतबार नेपाली बजारमा तोलामा तीन हजार ८ सय २५ रुपियाँमा बिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा लगातार बढेपछि सुन चाँदी नेपाली बजारमा पनि त्यसको असर पर्दै निरन्तर बढिरहेको छ ।


न्यूज समय
२९ मंसिर, २०८२, सोमबार ००:००