प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति समक्ष सिफारिस गरेका चार मन्त्रीले आजै सपथ लिदै छन् ।
प्रधानमन्त्री कार्कीले मन्त्रीको सपथकालागि राष्ट्रपति कार्यालयमा पठाएका नामहरुमा कुमार इङ्नाम भूमि व्यवस्था, राजेन्द्रसिंह भण्डारी श्रम, माधव चम्लागाईं वन तथा वातावरण र श्रद्धा श्रेष्ठ महिला तथा बालवालिका मन्त्रीका लागि सिफारिस गरिएका छन् ।
अपराहन्न ३ बजे गराईने सपथकालागि राष्ट्रपति कार्यालयले तयारी थालेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दियो ।
यो संगै चौथो पटक प्रधानमन्त्री कार्कीले विस्तार गर्ने मन्त्रीपरिषद १४ सदस्यीय बन्ने छ ।


न्यूज समय
२६ मंसिर, २०८२, शुक्रबार ००:००