मुस्ताङमा हिमचितुवाको आक्रमणमा परी १९ भेडा मरे

न्यूज समय

मुस्ताङमा बिहिबार राति हिमचितुवाको आक्रमणमा परी १९ भेडा मरेका छन् ।
मुस्ताङको घरपझोङ–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकैको स्थानीय सन्तोष परियारको भेडाच्याङ्ग्रा खोरमा पसेको हिमचितुवाले १९ भेडा मारिदिएको थियो ।

४५ भेडाच्याङ्ग्रा रहेको खोरमा राति पसेको चितुवाको आक्रमणबाट १९ भेडाच्याङ्ग्राको मृत्युु भएको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए । मरेका भेडाहरुको मुल्य झण्डै छ लाख बराबरको अनुमान गरिएको छ ।

आहाराको अभावमा हिमचितुवा मानव बस्तीमा छिरेर मानिसले पालन गरेका पशु चौपायामा हानि पुर्याउदै आएको स्थानिय बासीले गुनासो गररेका छन् ।