भ्रष्टाचारविरूद्ध जुनसुकै हदसम्मको कठोर कदमबाट सरकार पछि हट्दैन : प्रम कार्की

न्यूज समय


प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारविरूद्ध जुनसुकै हदसम्मको कठोर कदमबाट सरकार पछि नहट्ने बताएकी छिन् ।

भ्रष्टाचारविरूद्धको २२ औं अन्तराष्ट्रिय दिवसका अवसरमा प्रधानमन्त्री कार्कीले सरकार सुशासनको माग राखी भएको जेनजी आन्दोलनको जगमा बनेकोेले चुनाव गराउने देखि सुशासनका काममा तिव्र रुपमा काम गरिरहेको बताईन ।

प्रधानमन्त्री कार्कीले हालको सरकार चुनावी सरकार मात्र नभई राज्यका स्थापित संयत्र क्रियाशील भइ अगाडी बढेको यो सरकारले चाल्ने कदम जेनजी आन्दोलनको मर्म र भावनालाई बुझेर अगाडी बढ्ने बताईन ।

भ्रष्टाचारविरूद्ध चालिएका कदमबाट अत्तालिएर कतिपय तत्वले प्रत्यक्ष वा परोक्षरूपमा धम्क्याए पनि सरकार नडराउने भन्दै प्रधानमन्त्री कार्कीले राष्ट्र सेवकहरूलाई कत्ति पनि विचलित नभई निर्धक्कसँग आफ्नो व्यावसायिक स्वतन्त्रता उपयोग गरी अघि बढ्न आग्रह गरिन् ।