सरकारले उखुको मूल्य र अनुदानर रकम निर्धारण गरे पछि तराईका उखु किसानहरु हर्षित भएका छन् ।
सरकारले निर्धारण गरेको मूल्य अनुसार किसानले यो वर्ष प्रतिक्विन्टल रु ६९० का दरले मूल्य पाउने छन् । यो मूल्य अनुसार चिनि उद्योगले प्रति क्विन्टलको रु ६२० र सरकारले त्यसमा ७० रुपैया अनुदान थपेर जम्मा ६९० रुपैयाँ प्रति क्विन्टल मूल्य निर्धारण भएको छ ।
गत वर्षको तुलनामा यस वर्ष निर्धारण गरेको मूल्यमा प्रतिक्विन्टल ३५ रुपैयाँ बढी हो, भने त्यसमा अनुदान रु ७० दिने घोषणा संगै किसानहरु हर्षित भएका हुन् ।
गत वर्ष उखुको मूल्य रु ५८५ प्रतिक्विन्टल र अनुदान रु ३५ गरी जम्म ६२० रुपैयाँ मात्र दिएकोमा उक्त तोकिएको मूल्य कम भएको किसानहरुले गुनासो गर्दै आएका थिए ।
उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाका अनुसार किसानले प्रतिक्विन्टल ७५० माग गर्दै आएको भए पनि सरकार, उखुकिसान र चिनि उद्योगको सहमतिमा ६९० निर्धारण भएको हो ।
लगाईएको उखु काट्ने बेला भएको र नयाँ खेती पुन सुरु गर्ने वेला भएकोले सरकारले निर्धारण गरेको मूल्यमा किसानहरु राजि भएको पनि अध्यक्ष कुशवाहले बताए ।


न्यूज समय
२३ मंसिर, २०८२, मंगलबार ००:००