नेकपा एमालेले यही मंसिर २७ गतेदेखि सुरु हुने ११ औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरनमा पुगेको जनाएको छ ।
निर्वाचन व्यवस्थापन समिति सचिवालयको पार्टी मुख्यालय च्यासलमा आज बसेको बैठकले राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरनमा पुगेको जनाएको हो ।
महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा सबै उपसमितिहरुले अधिवेशनकालागि गरेका काम र त्यसका रिर्पोटहरु बैठकमा पेश गरेका थिए ।
महाधिवेशन भव्यताकासाथ सम्पन्न गर्न एमालेले विभिन्न १३ वटा उपसमिति गठन गरी तयारी थालेको थियो ।
भक्तपुरको सल्लाघारीमा उद्घाटन सत्र र काठमाडौंको भृकुटी मण्डपमा बन्द सत्र सहितको निर्वाचनले आगामी कार्यकालका लागि एमालेको नयाँ नेतृत्व चयन गर्ने छ ।


न्यूज समय
२२ मंसिर, २०८२, सोमबार ००:००