मधेश प्रदेशका मुख्यमन्त्री यादवद्वारा तिन मन्त्री नियुक्त, मन्त्रहिरुले लिए सपथ

न्यूज समय

मधेसका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रीपरिषद बिस्तार गरेका छन् ।

शुक्रबार मदेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका यादवले आइतबार (आज) तीन जना मन्त्री नियुक्त गरेका हुन् ।

मन्त्री हुनेहरुमा जनमत पार्टीका महेशप्रसाद यादवलाई अर्थमन्त्री नियुक्त गरेका छन् । त्यस्तै काँग्रेसबाट जंगीलाल राय र नेकपा एकीकृत समाजवादीबाट कनिस पटेललाई मन्त्रीमा नियुक्त गरेपनि उनिहरुलाई कुन मन्त्रालय दिने भने अझै निक्योल भईनसकेको मुख्यमन्त्री कार्यालय स्रोतले बतयो ।

नियुक्त भएका तिनै जनालाई मुख्यमन्त्री सुरेन्द्र लाभ कर्णले आजै शपथग्रहण गराएका छन् ।

कांग्रेस संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री यादवले मंसिर २४ गते विश्वासको मत लिने तयारी गरेका छन् ।
उनि सात दलको गठबन्धनमा शुक्रबार मुख्यमन्त्री नियुक्त भएका थिए ।