रूसका राष्ट्रपति पुटिन भारत आउँदै, भारतमा सुरक्षा अंगहरु हाई अलर्टमा

न्यूज समय

रूसका राष्ट्रपति भ्लादिमिर पुटिन आज अपराहन्न ४ भारत भ्रमणमा आउँदै छन् ।
दुई दिवसीय भ्रमणका लागि भारत आउन लागेका पुटिको सुरक्षा व्यवस्था कडा पारिएको भारतिय सञ्चारमाध्यमले जनाएका छन् ।

पुटिन आउने जाने तथा रहने स्थान लगाएतमा सबै सुरक्षा अंगहरुलाई ‘हाई अलर्ट’ र निगरानिमा राखिएको छ ।
पुटिन भारत रहँदामा सम्म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सुरक्षा, व्यापार तथा कयौं मुद्दाहरूमा छलफल गर्ने कार्यतालिका रहेको पनि बताईएको छ ।

यस अघि सिजिनपिङको निमन्त्रणमा चीन पुगेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनको भेटवार्ता भएको थियो ।