विश्वासको मत नपाउने देखे पछि राजिनामा दिए मधेस प्रदेशका मुख्यमन्त्री यादवले

न्यूज समय

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्ववासको मत लिन सर्वोच्चले दिएको आदेशको २४ घण्टा भित्रै राजिनामा दिएका छन् ।

विश्वासको मत नपाउने देखेपछि बुधबार प्रदेशसभामा मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा बोल्दै आफुले पदवाट राजिनामाको घोषणा गरेका हुन् ।

सर्वोच्चकै आदेश बमोजिम विहान बोलाईएको प्रदेशसभा बैठकमा सत्तापक्षकै सांसद अनुपस्थित हुने देखिए पछि बैठक दिउँसो २ बजेलाई सारिएको थियो ।

कात्तिक २३ गते संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त भएका यादवको नियुक्ती असंवैधानिक भएको भन्दै प्रदेशकै सात दलका सांसदहरुले सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटमा सार्वोच्चले सोमबार साँझ २४ घण्टा भित्र प्रदेशसभावाट विश्वासको मत लिन आदेश गरेको थियो ।