हेटौँडा बजार क्षेत्रको सडक विस्तारमा अवरोध गरे कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय मकवानपुरको चेतावनी

न्यूज समय


जिल्ला प्रशासन कार्यालय मकवानपुरले सडक डिभिजन कार्यालयको अभियानमा बाधा नपु¥याउन सवैमा आग्रह गरेको छ ।

केही व्यक्तिहरूले व्यवसायीहरूको यस सकारात्मक कार्यलाई निरुत्साहित गर्न धाक–धम्की दिने, जबरजस्ती पसल बन्द गराउने र सार्वजनिक विकास निर्माणको कार्यमा अवरोध पु¥याउने गतिविधि गरिरहेको भन्दै त्यस प्रति प्रशासनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रशासनले बुधबार एक सूचना जारी गर्दै हेटौँडा बजार क्षेत्रको सडक विस्तार कार्यमा अवरोध पु¥याउने र व्यवसायीहरूलाई धम्की दिने समूहलाई कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

सडक विस्तार अभियानमा सरोकारवाला र हेटौँडावासीको उत्साहजनक सहभागिता देखिएको र धेरैजसो व्यवसायीहरूले तोकिएको समयसीमा मङ्सिर २० गते अगावै आफ्ना पसलहरू अन्यत्र सार्दै सहयोग गरिरहेको अवस्थाम त्यसमा कसैले वाधा पुर्याए कारवबाही सम्मको चेतावनी दिएको हो ।