चालु आ.व.को चार महिनामा वीरगञ्ज भन्सारबाट रु. ७५ अर्ब ५९ करोड राजस्व सङ्कलन

न्यूज समय

वीरगञ्ज भन्सार कार्यालयले चालु आ.व.को चार महिनामा रु. ७५ अर्ब ५९ करोड राजस्व सङ्कलन गरेको जनाएको छ ।
मुलुकको सवै भन्दा ठुलो भन्सार नाकाको रुपम रहेको वीरगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको प्रथम चार महिनामा पाँच प्रकारका पेट्रोलियम पदार्थको आयातबाट रु. २२ अर्ब ९० करोड राजश्व उठेको जनाएको छ । त्यस्तै यातायातका साधन एवं तिनका पार्टपुर्जाबाट रु १० अर्ब १० करोड राजस्व उठाएको छ ।

कार्यालयले चालु आवको चार महिनामा फलाम तथा फलामबाट बनेका सामानबाट रु. चार अर्ब ५८ करोड, कपडाबाट रु. चार अर्ब २५ करोड, मेसिनरी तथा पार्टपुर्जाको आयातबाट रु. तीन अर्ब १७ करोड राजस्व सङ्कलन पनि बताएको छ ।
इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जा आयातबाट रु. तीन अर्ब सात करोड राजस्व सङ्कलन गरेको छ ।

यो चालु आवको चार महिनामा वीरगञ्जबाट रु दुई खर्ब ८४ अर्ब ८९ करोड मूल्य बराबरका वस्तु आयात भएको वीरगञ्ज भन्सार कार्यालय संग तथ्यांक छ ।