महाधिवेशनको समय कम भयो : नेता डा. शशाङ्क कोईराला

न्यूज समय

नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले काँग्रेसको पुस महिनामा गर्ने भनिएको महाधिवेशनका लागि समय कम भएको बताएका छन् ।
चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता कोईरालाले महाधिवेशन गर्न कम्तीमा तीन महिना समय आवश्यक पर्ने बताए ।
पार्टीले महाधिवेन पुसमा गर्ने तालिका प्रकाशन गरे पनि छोटे समयावधीका कारण प्रतिनिधी सभाको चुनाव पछि हुने बताएका हुन् ।
तथापी महाधिवेशनको तालिका सार्वजनिक भईसकेको यो अवस्थामा सबै महाधिवेशनको तयारीमा जुट्नुपर्नेमा पनि नेता कोईरालाले जोड दिए ।
सभापतिमा उम्मेदवारीको विषयमा पत्रकारको प्रश्नमा नेता काईरालाले सभापतिमा लड्ने इच्क्षा भए पनि शेखर दाई पनि इच्छुक भएकाले अहिले के गर्ने भन्ने विषयमा टुंगो लागि नसकेको पनि उनले बताए ।
यस विषयमा कुरा भईरहेको र शेखर कोईराला या आफु मध्य १ जनाको समापतिमा उम्मेदवार हुने नेता कोईरालाले संकेत गरे ।