तुच्छ भाषा शैलि प्रयोग गर्न काँग्रेसीलाई सुहाउँदैन : युवा नेता मनोजमणी आचार्य

न्यूज समय


नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री एवं नेपाली काँग्रेसका युवा नेता मनोजमणी आचार्यले जिम्मेवारीमा बसेर तल्लो स्तरको कुरा नगर्न सवैमा आग्रह गरेका छन् ।

शुक्रबार समाजिक सञ्जालका एक स्ट्याटस् पोष्ट गदै नेता आचार्यले सामाजिक सञ्जालको लाईक र कमेन्टका पछि नलागी विधी र नीतिको कुरा गर्न सवैलाई सुझाएका हुन् ।

गान्धिवादी नेताका रुपमा क्षवि बनाएका नेता आचार्यले राजनीतिमा तर्क विर्तक हुन सक्ने भएकाले कसैलाई होच्याएर तुच्छ भाषा शैलि प्रयोग गर्न काँग्रेसीलाई नसुहाउने लेखेका छन् ।

पछिल्लो समय नेपाली काँग्रेसका महामन्त्री गगन थापा समुहबाट सक्रिय राजनीतिमा होमिएका आचार्य सवै काँग्रेसी एउटै नाउको यात्री रहेको पनि टिप्पनी गरेका छन् ।