विवाह पञ्चमिको अवसरमा आज मधेश प्रदेशको राजधानी जनकपुरधार वेहुली झै सिंगारिएको छ । त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा हरेक वर्ष मनाईने विवाह पञ्चमिको अवसरमा जनकपुरलाई आज पनि सिंगारिएको हो ।
जनकपुरधाममा भगवान् सीता र रामको विवाह विधिपूर्वक गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरेअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका साथ मनाउँदै आएका छन् ।
जनकपुरधामको १२ बिघामा मैदानमा सीता र रामको स्वयम्बरको आयोजना गदै राम र जानकीको डोलालाई जनकपुर परिक्रमा गराउँदै जानकी मन्दिर पुगेर राति विवाहको कार्यक्रम सम्पन्न गर्ने गरिदै आएको छ ।
त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारेर भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो ।
सोही दिनलाई सम्झदै प्रत्येक पाँच वर्षको अन्तरालमा भारत उत्तर प्रदेशको अयोध्याबाट साधुशन्तको जन्ती आउने र विवाहपञ्चमी महोत्सव मनाउने परम्परा छ ।
यस दिन आज श्रद्धालु भक्तजन बिहानैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्दैै आएका छन् ।
आजको दिन विवाह पञ्चमिको अवसरमा जनकपुरधाम मन्दिरको दर्शन तथा महोत्सवमा सहभागी हुन् नेपाल लगाएत भारका विभिन्न स्थानबाट भक्तजनहरुको निकै घुईचो लाग्ने गर्दछ ।


न्यूज समय
९ मंसिर, २०८२, मंगलबार ००:००