इन्जिनियरिङ क्षेत्रमा अव्वल सडक बिभागका महानिर्देशक डा.विजय जैसीको गुडिरहेको जीवनको गाडी

न्यूज समय

संघीय राजधानी काठमाडौंबाट झण्डै ३०० किलोमिटर दक्षिण पश्चिम तनहुँको नाब्रुंग गाउँ, मध्यम परिवारमा भएको जन्म । जीवन जिउन पारिवारिक संर्घषको सम्झना ताजै छ । अहिले राजपत्राअंकित प्रथम श्रेणीको जागिर । सुन्दा जो कोहीको पनि ध्यान तानिन्छ ।
साथीभाईको बधाई, कार्यालयमा रहँदा नमस्कार र परियोजना स्वीकृत एवं प्रगतिको विवरण ब्रिफिङकालागि कर्मचारीको आवत जावत, दिन भरिको व्यस्तता । मिटिङ, कार्यालयको काम, र आफ्नो घर सवै राम्रै चलेको छ, डा. विजय जैसीको ।
पेशाले उनी ईजिनियर हुन् । पढाईमा अव्वल उनि पुलचोक इन्जिनियरिङ क्याम्पसबाट सिभिल इन्जिनियरिंग बिषयमा स्नातक, स्ट्रक्चरल इन्जिनियरिङ बिषयमा स्नाकोत्तर, बेलायनको शेफिल्ड युनिभरसिटीबाट ब्रिज इन्जिनियरिंग बिषयमा पोष्टडक्टरेट, तथा चीनको फुजी युनिभर्सिटीबाट स्ट्रक्चरल इन्जिनियरिङ बिषयमा पि.एच.डी. गरेका छन् ।

राष्ट्रसेवाका सिलसिलामा “क” श्रेणीको नेपाल विद्याभूषण पदबाट राष्ट्रले आफुलाई विभूषित गर्दा हर्षले गदगद भएका उनि यो कदरको सधै मान राख्ने बताउँछन् ।
देशका र समाजका लागि उदाहरणीय केही राम्रा काम गरेर योगदान पुर्याउने चाहाना उनको कुरा सुन्दा प्रष्ट बुझ्न सकिन्छ ।
वुवा बद्रिनाथ जैसी र आमा देवी जैसीको जेष्ठ सुपुत्रका रुपमा तनहुँको बरभञ्ज्याँङको नाब्रुंग गाउँमा जन्म भएको थियो डा.विजयको ।

जेठो छोराको जन्म संगै खुसीको सिमै नरहेका वुवा बद्रिनाथ र आमा देवीलाई छोरालाई राम्रो शिक्षा दिक्षा दिने र समाजमा ठुलो मान्छे बनाउने हुट हुटी निकै थियो । समाजसेवी एवं शिक्षा विदको रुपमा आफ्नो पहिचाहन बनाएका वुवा बद्रि छोराको पढाई लेखाई र पालन पोषण संगै जिम्मेवारी पनि बढे पछि परिवारको समृद्धिकालागि निकै मेहनत गर्थे ।

स्थानीय नाब्रुंगकै आदर्श सरस्वती मा.वि.मा ७ कक्षा सम्मको पढाई पुरा गरेका विजयले २०४६ सालमा चन्द्रावती मा.वि. चुदीं तनहुँबाट प्रथम श्रेणिमा एस.एल.सी. उर्तिण गरेका थिए ।
पढ्नमा अव्वल विजय फुजी युनिभर्सिटी चाईनाबाट Structure Engineering PhD/Post Doc को पढाई पछि २०६३ सालबाट नेपाल सरकारको सडक विभागमा इन्जिनियर पदबाट सरकारी सेवामा प्रवेश गरे ।
सरकारी सेवा प्रवेशको केही समय पछी २०६३/६४ मा पुलको कुनै भागमा हुन सक्ने ड्यामेज पत्ता लगाउने प्रविधिको विकाश गरे बापथ जैसीले Nepal Academy Of Science And technology (NAST) बाट प्रविधि युवा पुरस्कार (Young Scientist Award) प्राप्त गरे । यो पुरस्कार प्राप्त गरे पछी उत्साहीत उनि देशकालागि अझ केही गर्ने प्रेरणा र हौसल्ला मिलेको सुनाउँछन् ।
American Society Of Civil Engineers (ASCE) लगाएत अन्तराष्ट्रिय जर्नलहरुमा १० बढी लेखहरु लेखेका विजयले विभिन्न यूनिर्भसिटी तथा कन्फ्रेन्सहरुमा पनि कार्य पत्र प्रस्तुत गरेको अुनभव उनि संग छ ।

उनि भन्छन् “संसारका विकसित देशका चर्चित विश्वविद्यालयमा अध्ययन गर्ने अवसर पाए” देशको माया नभएको भए उतै बस्थ्ये, उतै मनग्य पैसा कमायर रमाउँथे” भविश्य उज्वल थियो, तर पढेर देशमै केही गर्ने चाहाना भयर नेपाल फर्केको हुँ” । विजय थप्छन् “अहिले आफ्नै गाउँ ठाउँ, आफु हुर्केको माटो र परिवेश संग पुन साक्षात्कार गर्दै छु” । जानेको, सिकेको र सक्दा सम्म आफ्नो सिपलाई देशको माटोमा लगानी गरिरहेको डा. विजय बताउँछन् ।

निर्माणका क्रममा समस्या ग्रस्त भइ अलपत्र परेका राष्ट्रिय राजमार्गका पुलहरुलाई बिभागको टिम सहित नयाँ प्रविधिको प्रयोग गर्दै डिजाईन परिवर्तन गरी समस्या समाधान गरेको सफल उनको अनुभाव छ ।
नेपालमै पहिलो पटक सडक बिभागमा Design And Building Technology बाट पुलहरुको निर्माण गर्न BID Document तथा Normal विकास गर्न, Engineering procurement and construction (EPC) Modify बाट सडक, पुल, तथा टनेलको निर्माण गर्न Stander Bid Document (SBD) तथा Tunnel Norms, specification तयार जस्ता काममा मुख्य भूमिका खेलेको श्रेय पनि डा.जैसीले नै पाउँछन् ।

सडक बिभागमा पहिलो पटक निर्माधिन सिद्धबाबा टनेल, ग्वार्को फ्लाई ओभर लगाएतका कामको ठेक्का व्यवस्थापन पनि यही प्रकृयाबाट भएको डा. जैसीले बताए ।
विकसित राष्ट्रका अव्वल विश्वविद्यालयबाट सिकेका सिप, ज्ञान, अनुभव आफ्नो देशमा लागु गर्न पाउँदा गर्भ महसुस हुने समेत उनको भनाई छ ।

नेपालमा प्रथम पटक गर्न लागिएको मित्रराष्ट्र भारतमा अति लोकप्रिय Hybrid Annuity Model (HAM) र सो का लागि Legal framework तथा Application Framework, नागढुंगा सुरुंग मार्ग सञ्चालनका लागि service provider procurement  को कार्य पनि डा. जैसीको नेतृत्वमा भईरहेको छ ।

२०८२ जेठमा सडक विभागको महानिर्देशक भए पछि डा. विजयको काम गर्ने हौसल्ला अझै थपिएको छ । एउटा परियोजनाको प्रमुख भएर काम गर्दा भन्दा विभागको प्रमुखको जिम्मेवारीमा रहँदा कामको प्रेसर त हुन्छ नै त्यसलाई निरन्तरता दिदाँ सफल भईने उनको अनुभव छ ।

विभागको जिम्मेवारी प्राप्त गरेको झण्डै २ महिनाको अवधीमा ४८% रहेको पुजिंगत खर्चलाई ७५.३८ प्रतिशत पुर्याउँदा गरेको मेहेनत र अन्य कर्मचारीको सहयोग आफुले बिर्सन नसक्ने महानिर्देशक डा. विजयको भनाई छ ।
महानिर्देशक भएर आए पश्च्यात थालिएका कामको तिव्रता र सम्पन्न भएका परियोजनाहरु देख्दा आत्म सन्तुष्ट हुने ठाउँ थुप्रै रहेकोले र यसमा सहयोग गर्ने विभागको टिमलाई धन्यवाद समेत दिन्छन् महानिर्देशक डा. विजय ।

प्राकृतिक विपत्ति तथा राजनीतिक परिवर्तनमा हुने आन्दोलनका समयमा भएका क्षतिमा सडक बिभाग कहिल्यै विचल्लित नभएको महानिर्देशक डा. विजय बताउँछन् ।
जेन–जी आन्दोलनमा भएको विभागको भौतिक संरचनाको क्षेति र अस्तव्यस्तामा पनि तिन दिन भित्रै विभाग संञ्चालनमा ल्याई नागरिकको सेवाकालागि काम सुरु गरे पछि उनले प्रशंसा योग्य डि.जी.को पहिचाहन बनाएका छन् ।

डा.विजयका एक भाई एवमं तिन बहिनी छन् । सवै भाई बहिनी उच्च ओहदामा छन् । डा. विजय सहित सवैले भाई बहिनीले नामको अगाडी डाक्टर लेख्ने हैसित बनाएकोमा शिक्षा विद वुवा बद्रिले गाउँघरमा छोरा छोरीलाई दिएको शिक्षा र संस्कारको निकै प्रशंसा हुन्छ ।

विहेलाई संयोगका रुपमा लिने डा. विजयकी श्रीमती कृति तिवारी भुकम्प प्रबिधि राष्ट्रिय समाजमा स्ट्रक्चर इन्जिनियरका रुपमा कार्यरत छिन् । श्रीमती पनि एउटै फिल्डको भएकाले एक अर्काको भावना बुझ्न निकै सजिलो भएको उनको भनाई छ ।

एक छोरा र एक छोरी संगै बस्दै आएका डा. विजय हाँस्दै भन्छन् “४० प्रतिशत लभ र ६० प्रतिशत एरेन्ज म्यारिजबाट सम्भव भएकोे यो जिवनको गाडी हाँसी खुसि अगाडी गुडि रहेको छ” ।