सुनसरीको एक कार्यक्रममा सहभागि हुन जाने क्रममा नेकपा (एमाले) का नेता महेश बस्नेत चढेको गाडीमा प्रहार भएको छ ।
प्रहरीको स्कटिङमा विराटनगर एयरपोर्टबाट कार्यक्रमस्थल तर्फ जाँदै गरेका बस्नेत सवार गाडीमा केही युवाको समुहले रातो रङको पानी हालिएको बेलुनले प्रहार गरेका थिए ।
नेता बस्नेत विरुद्ध नाराबाजी गदै आएका युवाले बेलुन हाने लगतै प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका– २ का १९ वर्षीय अर्पित कुँवर र १ नम्बर वडाका २५ वर्षीय सञ्जोग गौतम रहेको प्रहरीले बतायो ।
सुनसरीको इटहरीमा आयोजित युवा संघको जनजागरण अभियानका लागि बस्नेत काठमाडौंबाट बिहान बिराटनगर तर्फ लागेका थिए ।
अहिले कार्यक्रम स्थल वरपर सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।


न्यूज समय
७ मंसिर, २०८२, आईतबार ००:००