काठमाडौंको नयाँ बसपार्क नजिकै सडक किनारमा भेटिएको शवको अझै पहिचाहन खुलेको छैन् ।
शनिबार दिउँसो फेला परेको उक्त शव तेस्रो लिंगीको रहेको खुले पनि सनाखत भने हुन नसकेको प्रहरीले जनाएको छ ।
संकास्पद मानिसको शव तन्नाले बेरेर पोको पारिएर फालिएको अवस्थामा भेटिएको र पोष्टमाटमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको प्रहरीले बतायो ।
सूचना पाए लगतै पुगेको प्रहरीले शवको पहिचाहन नखुले पछि अनुसन्धानमा कठिनाई भएको पनि बताएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले शवको सनाखत हुन नसक्दा थप अनुसन्धानमा समस्या भए पनि प्रहरी अनुसन्धानमा लागि रहेको बताए ।


न्यूज समय
७ मंसिर, २०८२, आईतबार ००:००