सिमरा क्षेत्रमा निरन्तर जेनजीको प्रदर्शन, एमालेको मधेश प्रदेश स्तरिय भेला विथोलीयो

न्यूज समय

जेननी समुहले एमालेका नेताहरु बाराको सिमरा जाने कार्यक्रमलाई विथोली दिएको छ ।

काठमाडौँबाट नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, नेता महेश बस्नेत लगायत नेता आज सिमरा जाने थाहा पाए लगतै जेनजी समुहले सिमरा विमानस्थल वररपर प्रदर्शन गरेका थिए ।

नेता वस्नेत र पोख्रेललाई स्वागत गर्न बसेका एमालेका कार्यकर्ता र जेनजी सहुका बिच केही सयम झडप समेत भएको थियो । झडप संगै जेनजी समुहले विमानस्थलको गेट समेत तोडफोड गरेका छन् ।

जेनजी प्रदर्शनकारीले सिमरा विमानस्थल छिर्ने बाटो अगाडि टायर बालेर प्रदर्शन गरिरहेका छन्, भने प्रहरीले वाटो तथा प्रदर्शनकारीलाई त्यहाँवाट हटाउन खोजे पछि निरन्तर प्रदर्शन भईरहेको छ । प्रदर्शन चर्कन थालेपछि बिमान स्थल बन्द गरिएको बिमानस्थल स्रोतले बतायो ।

बाराको परवानीपुरमा एमालेले आयोजना गरेको मधेश प्रदेश स्तरिय भेलालाई सम्वोधन गर्न नेताहरु त्यसतर्फ जानलागेका थिए ।