पूर्व मन्त्री खड्काको लैनचौर स्थित बैंक्वयटमा चल्यो महानगरको डोजर

न्यूज समय

पूर्व ऊर्जामन्त्री दीपक खड्काले लैनचौर स्थित नेपाल स्काउटको जग्गामा बनाएका संरचना काठमाडौं महानगरपालिकाले भत्काएको छ ।
विहिबार बिहान काठमाडौं महानगरपालिकाका प्रहरी सहित पुगेको डोजरले बनाईएका संरचनाहरु भत्काएको हो ।
कांग्रेसका नेता समेत रहेका खड्काले नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको जग्गा भाडामा लिएर बैंक्वयट सञ्चालन गर्दै आएका थिए ।
खड्काले लामो समयदेखि भाडा नतिरेपछी २० कात्तिकमा स्काउटले सूचना जारी गरेर भाडा चुक्ता गर्न दिएको म्याद आज सकिएको थियो ।
म्याद सकिए पनि खड्काले भाडा नतिरे पछी संरचना भत्काईएको महानगर स्रोतले बतायो ।
खड्काले भाडा नतिरे पछि उठ्न बाँकी भाडाका बारेमा के गर्ने भन्ने थप निर्णय गर्न वाँकी रहेको पनि स्रोतले बतायो ।
खड्काद्वारा सञ्चालित बैंक्वयट केही समय देखि बन्द रहदै आएको थियो ।