नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवलाई दीर्घकालीन महत्वका निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

न्यूज समय

सार्वोच्च अदालतले मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवलाई दीर्घकालीन महत्वका निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार (हिजो) बर्दिवासको एक होटलमा मुख्यमन्त्री यादवलाई शपथ गराएपछि परेको रिटमा न्यायाधिश टेकप्रसाद ढुंगानाको इजलासले त्यस्तो आदेश जारी गरेको हो ।

मुख्यमन्त्री यादवको नियुक्ती विरुद्ध रकीप्रसाद यादवले सर्वोच्चमा दिएको रिटमा अन्तरिम आदेश दिदै मुख्यमन्त्री यादवलाई दीर्घकालीन महत्वका विषयमा निर्णय नगर्न भनेको सर्वोच्च स्रोतले बतायो ।

एमाले संसदीय दलका नेता यादव संविधानको धारा १६८ को उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको हैसियतमा प्रदेश प्रमुख सुवेदी भण्डारीले यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिईन् ।
यादव मुख्यमन्त्री बनेपछि मदेश प्रदेश जनकपुर क्षेत्र तनाव ग्रस्त बनेको छ । मुख्यमन्त्री कार्यालय बाहिर तथा जनकपुरका विभिन्न स्थानमा सांसदहरू नै विरोधमा उत्रिएका छन् ।

यादवलाई होटेलमा सपथ ग्रहण गराएको भन्दै हिजो जनकपुरमा प्रदर्शनकारीले विभिन्न मन्त्रालयका फर्निचर लगाएतका सामाग्री तोडफोड गरेका थिए ।

अहिले प्रदेश प्रमुख सुवेदी भण्डारीलाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पदमुक्त गरी सुरेन्द्र लाभ कर्णलाई मधेश प्रदेश प्रमुखमा नियुक्त गरेका छन् ।