नेपाली बजारमा पहेंलो धातु सुनको मुल्य पुनः बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महाँसंघका अनुसार मङ्गलबार एकैदिन सुनको मूल्यमा चार हजार नौ सय रुपियाँले बढेको छ ।
महाँसंघका अनुसार अघिल्लो दिन दुई लाख ४१ हजार पाँच सय रुपियाँ मूल्य रहेको सुन आजका प्रतितोला दुई लाख ४६ हजार चार सय रुपियाँ कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा १०५ रुपियाँले बढेको छ । अघिल्लो दिन तीन हजार ६५ रुपियाँ रहेको चाँदी आज तीन हजार १७० रुपियाँ कायम भएको पनि महाँसंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटबढ भए संगै नेपाली बजारमा पनि त्यसको प्रभाव पर्ने गर्दछ ।


न्यूज समय
२५ कार्तिक, २०८२, मंगलबार ००:००