४ दिन देखि स्थानियको अवरोधका कारण रोकिएकोे बञ्चरेडाँडा ल्याण्डफिल साइट आज देखि खुलेको छ ।
सहरी विकास मन्त्री कुलमान घिसिङ सहितको टोली साइट स्थालमा पुगेर बञ्चरेडाँडाका स्थानीय बासिन्दा, जनप्रतिनिधिहरू संगको छलफलमा स्थानीयको माग १५ दिन भित्र पुरा गर्ने प्रतिबद्धता जनाए पछि फोहोर फाल्न दिन स्थानीय राजि भएका हुन् ।
स्थानीय बासिन्दाका अनुसार मन्त्री स्वमं आएर १५ दिन भित्र माग पुरा गर्ने प्रतिवद्धता जनाए पछि फोहोर फाल्न दिन आफुहरु राजि भएको बताएका छन् । यदि माग पुरा नभए पुनः फोहोर फाल्न नदिने पनि स्थानीयले चतावनी दिएका छन् ।
२०७९ जेठ २६ गते भएको १८ बुँदै सम्झौतामा संघीय सरकार र महानगरपालिकाले उदासीनता देखाएको भन्दै पुनः स्थानीय बासीले ४ दिन अघि देखि फोहोर फाल्न अवरोध गरेका थिए ।
स्थानीय संग बार्ताकालागि मन्त्री कुलमान घिसिङ सहित काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, वातावरण विभाग प्रमुख सरिता राई लगाएतको टोली आज विहानै बञ्चरेडाँडामा पुगेको थियो ।
ल्याण्डफिल साइटको दुर्घन्धका कारण नुवाकोटको ककनी गाउँपालिका, बेलकोट गढी नगरपालिका, धादिङको धुनवेशी नगरपालिका लगाएतका आसपासका स्थानीय बासि प्रभावित हुँदै आएका छन् ।
फोहोर फाल्न अवरोध भएपछि महानगरपालिकाले केहि दिन यता काठमाडौंबाट फोहोर उठाएको थिएन् ।


न्यूज समय
१६ कार्तिक, २०८२, आईतबार ००:००