देशभरका अस्पतालमा नर्सहरुद्वारा प्रदर्शन, माग पुरा नहुँदा सम्म आन्दोलन जारी रहने

न्यूज समय

नर्सहरुले न्यूनतम सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै देशभरका सबै अस्पतालहरुमा प्रदर्शन गरेका छन् ।

सरकारी सेवा सुविधा सहर पारिश्रमिक पाउनु पर्ने माग गर्दै शुक्रबार नर्सहरुले देशभरका अस्पतालहरुमा आन्दोलन गरेका हुन् ।

नसिंङ संघले अघि सारेको १५ बुँदे मागलाई पुरा गर्नुपर्ने भन्दै त्यसमा एक्यबद्धता जनाउँदै सरकारी अस्पतालका नर्सहरुले पनि देशभरका अस्पतालमा प्रदर्शन गरेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गत असोज २४ को पत्र कार्यान्वयन गरी स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक सरकार सरह नघट्ने गरी दिनुपर्ने, अतिरिक्त कार्यवापत भत्ता दिनुपर्ने, ज्यालादारीमा नचलाउने र तलब–भत्ता बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्नुपर्ने, हालसम्म श्रमिकको रूपमा हेरिएको दक्ष नर्सिङ जनशक्तिलाई स्वास्थ्य ऐन अन्तर्गत व्यवस्थापन गर्नुपर्ने लगाएतका माग नर्सहरुले राख्दै आएका छन् ।

उनीहरुले १८ कात्तिकसम्म पनि आफ्ना माग सुनुवाइ नभए कडा आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् ।

उता नर्सिङ संघले श्रमको सम्मान गर्दै चाँडो समस्याको सम्वोधन गर्न सम्वन्धित निकाएलाई आग्रह गरेको छ । मागहरु सम्वोधन नभएसम्म यो आन्दोलन जारी रहने पनि बताउँदै आएको छ ।